Sunday, February 1, 2026
राजनीति

आशिका तामाङको उम्मेदवारी धादिङ–१ मा कायम

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

धादिङ–१ का उम्मेदवार आशिका तामाङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले कायम राखेको छ। उनले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको लागि इमेल पठाएको भन्ने दावीसँग असहमत हुँदै आफूले इमेल नगरेको स्पष्ट पारेकी छन्। तामाङले यो इमेल फेक भएको दाबी गर्दै भनेकी छन् कि पुराना दलहरूले उनलाई उम्मेदवारी फिर्ता गराउने प्रयास गरिरहेका छन्। निर्वाचन अधिकार एकराज अधिकारीले तामाङको उपस्थितिलाई आधार बनाएर उम्मेदवारी कायम रहेको जानकारी दिएका छन्।

#Nepal#News#राजनीति