Sunday, February 1, 2026
अन्य

मेची पुलमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

झापाको मेचीनगर नगरपालिका–६ मा मेची पुलमा भएको मोटरसाइकल दुर्घटनामा ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको छ। शुक्रबार राति करिब १०ः०० बजे भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल, प्र१–०१–०१२ प ३८४९, सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई उपचारको लागि मेची आम्दा अस्पताल धुलाबारीमा लगिएको थियो, जहाँ राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरे। मोटरसाइकल चालक ३५ वर्षीय काशीनाथ पौडेल पनि घाइते भएका छन् र उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा पठाइएको छ। प्रारम्भिक अनुसन्धानमा दुर्घटना तीव्र गतिका कारण भएको अनुमान गरिएको छ।

#Nepal#News#अन्य