पूर्ण विवरण
काठमाडौँका विभिन्न स्थानहरूमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सडक दुर्घटनामा १८ वर्षीय राहुल श्रेष्ठ, २३ वर्षीय मिलन योञ्जन र २६ वर्षीय रामबहादुर तामाङको ज्यान गएको हो। राहुल श्रेष्ठको मोटरसाइकल दुर्घटनामा र मिलन योञ्जनलाई टिपरले ठक्कर दिएको थियो। सबैलाई गम्भीर घाइते अवस्थामा अस्पतालमा लिइएको थियो, तर उपचारका क्रममा उनीहरूको मृत्यु भयो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।
#Nepal#News#अन्य