पूर्ण विवरण
हेटौँडा औद्योगिक क्षेत्रभित्र महाशक्ति साबुन उद्योगको गोदाममा गए राति अचानक आगलागी भएको छ। विद्युत् सर्टका कारण आगो सल्किएको र गोदाममा रहेका सबै सामान जलेर नष्ट भएका छन्। उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार, आगलागीका कारण भएको क्षतिको प्रारम्भिक अनुमान १० देखि १२ करोड रुपैयाँ हुँदैछ। घटना घटेपछि हेटौँडा उपमहानगरपालिकाका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्तलमा पुगेका थिए र उनीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। घटनाको विस्तृत अनुसन्धान चलिराखेको छ।
#Nepal#News#अर्थ